दोलखाको तामाकोसी नदीमा नुहाउने क्रममा दुईजना बेपत्ता

वैशाख ८, २०८१ |केदार शिवाकोटी
दोलखाको तामाकोसी नदीमा नुहाउने क्रममा दुईजना बेपत्ता

दोलखा । दोलखाको गौरीशंकर गाउँपालिका-८ टुयिनटारमा नजिकै तामाकोसी नदीमा नुहाउने क्रममा दुई जना बेपत्ता भएका छन् । शुक्रबार अपरान्ह मलाम गएका २७ वर्षीय जयबहादुर तामाङ र २५ वर्षीय सिमबहादुर तामाङ तामाकोसी नदीमा नुहाउने क्रममा बेपत्ता भएका प्रहरीले जनाएको छ ।

तामाकोसी नदीमा पौडी खेल्ने क्रममा दुवै जना नफर्केपछि मलाम आएका मानिसहरूले प्रहरीलाई खबर गरेका थिए । पौडी खेल्न गएका दुवै जनाको तामाकोसी नदी किनारमा कपडा मात्रै फेला परेको प्रहरीले जनाएको छ । उनीहरूको खोजी भैरहेको प्रहरीले जनाएको छ । 


Image

केदार शिवाकोटी

शिवाकोटी कान्तिपुर टेलिभिजनका दोलखा संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement