पश्चिम नवलपरासीमा आगलागी हुँदा १० घर जलेर नष्ट

वैशाख ८, २०८१ |नवीन पौडेल
पश्चिम नवलपरासीमा आगलागी हुँदा १० घर जलेर नष्ट

नवलपरासी । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका-६ पडरी गाउँमा शुक्रबार साँझ आगलागी भएको छ । आगलागीमा १० वटा कच्ची घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुदर्शन पन्थीले जानकारी दिनुभयो ।

एक्कासी सल्किएको आगोले स्थानीय चन्द्रिका धोबी, राजेश धोबी, बुलाकी धोबी, भिकारी धोबी,चन्ना धोबी, केश मोहमद अन्सारी, मुरिदिन अन्सारी, ईझार अन्सारी, नुरहोद पठान र इदरिस पठानको घर जलेको हो । आगलागीका कारण लत्ताकपडा र अन्न पनि नस्ट भएको छ । आगलागीमा स्थानीयका पशु चौपाया समेत मरेका छन् ।

आगलागीको कारण खुल्न नसकेको रहेको प्रहरीले जनाएको छ । आगो प्रहरी, नेपाली सेना, स्थानीय, रामग्राम र बर्दघाट नगरपालिकाको दमकलको सहयोगमा नियन्त्रणमा लिइएको थियो । केही दिन अगाडि प्रतापपुरमा आगलागी हुँदा ६ वटा घर जलेको थियो । पश्चिम नवलपरासीमा ७ वटा स्थानीय तहमध्ये २ वटामा मात्र दमकल भएकाले आगलागी नियन्त्रणमा समस्या हुँदै आएको छ।


Image

नवीन पौडेल

पौडेल कान्तिपुर टेलिभिजनका नवलपरासी संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement