काठमाडौँ । नवनियुक्त महालेखा परीक्षक तोयम रायाले शपथ ग्रहण गर्नु भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नवनियुक्त महालेखा परीक्षक रायालाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो ।
राष्ट्रपति कार्यालय शीतल निवासमा बिहीबार भएको शपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीलगायत संवैधानिक निकायका प्रमुखहरूको उपस्थिति थियो ।