काभ्रे । बीपी राजमार्गमा भएको सवारीसाधन दुर्घटनामा ६ जना घाइते भएका छन् । काभ्रेको नमोबुद्ध नगरपालिका २, बेलास्थित बीपी राजमार्गमा बस र जिप (सुमो) आपसमा ठोक्किँदा ६ जना घाइते भएका हुन् ।
भकुन्डेबाट धुलिखेल आउँदै गरेको बा.३ख ८१५५ नम्बरको बस र धुलिखेलबाट भकुन्डे जाँदै गरेको ना.१ज ४३७७ नम्बरको जिप आपसमा ठोक्किएको हो ।
घाइते हुनेमा जिपमा चढेका १० मध्ये चालकसहित ६ जना रहेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी राजकुमार श्रेष्ठका अनुसार घाइतेमध्ये एकजना सिकिस्त छन् । सबै घाइतेको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । बसका चालक प्रहरी चौकी भकुन्डेको नियन्त्रणमा छन् ।