सिरहामा तस्करी गरेर ल्याइएको १० लाख बराबरको सामान बरामद

चैत्र २४, २०८० |विनय आजाद
सिरहामा तस्करी गरेर ल्याइएको १० लाख बराबरको सामान बरामद

सिरहा । सिरहाबाट १० लाख रुपैयाँ बराबरको तस्करीका अवैध सामान प्रहरीले नियन्त्रणमा लिएको छ । कल्याणपुर नगरपालिका-१० स्थित रमना बङ्ठियाबाट शनिबार बिहान साढे ३ बजे प्रहरीले तस्करी गरेर ल्याइएको सामान नियन्त्रणमा लिएको हो ।

प्रहरी सहायक निरीक्षक (असई) दुर्गा यादव नेतृत्वको गस्ती टोलीले एउटा नेपाली नम्बर प्लेट र दुई वटा भारतीय नम्बर प्लेटका मोटरसाइकलमा उक्त सामान भारतबाट नेपाल ल्याइँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो । प्रहरीले कपडा, जुत्ता, चप्पल, औषधि, चुडी, लहठी लगायतका सामान बरामद गरिएको जनायो ।

भारतसँगको सिमानादेखि नै विभिन्न चोक-बजारमा सुरक्षाकर्मीको जाँच हुने गरे पनि यी सामान भने प्रहरीले सीमाभन्दा अन्दाजी २० किलोमिटर वर नियन्त्रणमा लिएको हो ।


Image

विनय आजाद

आजाद कान्तिपुर टेलिभिजन सिरहाका संवाददाता हुन् ।