फायरसाइडमा घनश्याम भुसाललाई प्रश्न- अब फुट्ने पालो एकीकृत समाजवादी पार्टीको हो ?

वैशाख २४, २०८१ |कान्तिपुर टीभी संवाददाता
फायरसाइडमा घनश्याम भुसाललाई प्रश्न- अब फुट्ने पालो एकीकृत समाजवादी पार्टीको हो ?

सरकारमा संलग्न गठबन्धनको एउटा घटक जनता जनता समाजवादी पार्टी नेपाल फुट्यो । गठबन्धनबाट असन्तुष्ट रहेका अध्यक्ष उपेन्द्र यादवको अभिव्यक्ति आइरहेकै बेला पार्टीको एउटा पंक्ति अर्को दल दर्ताका लागि निर्वाचन आयोग पुगेको छ । वैकल्पिक गठबन्धन निर्माणको कसरतका बीच भएको यो फुटले एकपटक फेरि नेपाली राजनीति तरंगित भएको छ ।

नेकपा एमालेसहितको माओवादी नेतृत्वको गठबन्धन कति लामो समय टिक्छ ? तत्काल वैकल्पिक गठबन्धन निर्माणको सम्भावना कति बलियो छ ? जसपाको फुटपछि के अब फुट्ने पालो एकीकृत समाजवादीको हो ? कतै वाम ध्रुवीकरणको बहस, कतै कम्युनिस्ट घटकहरुबीचको एकतासम्मको बहस ।

दलहरुबीचको मोर्चाबन्दी, एकता वा फुट, गठबन्धन निर्माण वा विघटनजस्ता गतिविधि सत्ताकै लागि मात्र कति ? विचारका लागि कति ? देशका लागि कति ? नागरिकको हितका लागि कति ? यिनको असरले संघदेखि प्रदेशसम्मका सरकार अस्थिर भइरहेको तथ्यलाई राजनीतिक दलहरुले गम्भीर रुपमा किन लिँदैनन् ? व्यवस्थालाई यसले कमजोर बनाइरहेको तथ्यलाई स्वयं शीर्ष नेताहरु स्वीकार गर्न सकिरहेका छैनन् । किन ?

फायरसाइडको आजको अंकमा हामी यिनै प्रश्नको जवाफ खोज्नेछौं । प्रस्तुत छ- नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालसँग फायरसाइडमा रूपेश श्रेष्ठले गरेको कुराकानी ।

विस्तृत भिडियोमा :


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.