हालै सार्वजनिक एयर क्वालिटी इन्डेक्सका अनुसार उपत्यकाको वायु प्रदूषण १६५ एक्यूआई मापन गरिएको छ । त्यो भनेको काठमाडौं प्रदूषण मापदण्डभन्दा पाँच गुणाभन्दा बढी खराब अवस्थामा छ ।
यतिसम्म कि काठमाडौं विश्वकै तेस्रो प्रदूषित सहर बनेको छ । काठमाडौं मात्र होइन डढेलो, आगलागीलगायत कारण देशका विभिन्न स्थानमा वायु प्रदूषणको मात्र उच्च छ । जसले गर्दा रुघाखोकी लाग्ने, आँखा, नाक र छाला चिलाउनेजस्ता समस्या देखिन थालेका छन् ।
प्रदूषण तत्काल घट्ने सम्भावना पनि देखिएको छैन । यस्तो अवस्थामा प्रदूषणबाट जोगिन के गर्ने त ? प्रस्तुत छ- यही विषयमा छाती रोग विशेषज्ञ डा. नवीनप्रकाश साहसँग कान्तिपुर टेलिभिजनले गरेको कुराकानी ।
विस्तृत भिडियोमा :