१७ वर्षमा पनि हटेन हात्तीपाइले रोग, लक्ष्य लम्बियो १० वर्ष (अन्तर्वार्ता)

वैशाख २२, २०८१ |कान्तिपुर टीभी संवाददाता
१७ वर्षमा पनि हटेन हात्तीपाइले रोग, लक्ष्य लम्बियो १० वर्ष (अन्तर्वार्ता)

सरकारले सन् २०२० भित्र निवारण गर्ने लक्ष्य राखेर २००३ देखि हात्तीपाइले रोगविरुद्धको अभियान चलाइरहको छ । तर लक्ष्य पूरा हुन नसकेपछि यो अवधि लम्ब्याएर २०३० पुर्‍याइएको छ ।

हात्तीपाइलेको जोखिममा रहेका झापा, धनुषा, महोत्तरी सर्लाही, रौतहट, रसुवा र कपिलवस्तुमा सरकारले यसपटक पनि वैशाख १६ देखि अभियान चलाइरहेको छ । गलत धारणाका कारण लक्षित जनसंख्याले औषधि नखाइदिने समस्या दोहोरिरहेको छ भने हात्तीपाइलेका बिरामी सकसमा बाँच्न बाध्य छन् ।

प्रस्तुत छ यसै विषयमा कान्तिपुर टेलिभिजनले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका संक्रामक रोग विशेषज्ञ डा. गोकर्ण दाहाल र हात्तीपाइलेको उच्च जोखिममा रहेको जिल्ला कपिलवस्तुका जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्यसँग गरेको कुराकानी ।

विस्तृत भिडियोमा :


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.