अमेरिकामा खालिस्थान समर्थकको हत्या, भारतीय गुप्तचर संस्था रअको भूमिकामाथि अनुसन्धान

वैशाख १८, २०८१ |कान्तिपुर टीभी संवाददाता
अमेरिकामा खालिस्थान समर्थकको हत्या, भारतीय गुप्तचर संस्था रअको भूमिकामाथि अनुसन्धान

काठमाडौं । भारतमा अलग्गै खलिस्तान राज्यको माग गर्दै आन्दोलन गरिरहेको समूहसमर्थक एक व्यक्ति अमेरिकामा मारिएपछि त्यहाँको न्याय मन्त्रालयले अनुसन्धान सुरु गरेको छ ।

खलिस्तानसमर्थक गुरपतवन्त सिंह अमेरिकी भूमिमा मारिएका हुन् । उक्त हत्यामा भारतीय गुप्तचर संस्था, रअका अधिकृत विक्रम यादव संलग्न रहेको समाचार वासिङ्टन पोस्टले छापेको थियो ।

अमेरिकी अधिकारीहरुलाई उदृत गर्दै उक्त समाचारमा हत्याको योजनालाई राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले पनि स्वीकृति दिएको उल्लेख गरिएको छ ।

ह्वाइट हाउसकी प्रेस सेक्रेटरी करिन जिन पियरेले सोमबारको नियमित ब्रिफिङमा उक्त हत्याप्रति आपत्ति जनाउँदै अनुसन्धान सुरु गरिएको स्पष्ट पारिन् । अमेरिकी भूमिमा भारतीय गुप्तचर विभागका अधिकारीले गरेको हत्यासम्बन्धी समाचारलाई गम्भीरतापूर्वक लिइरहेको अमेरिकी अधिकारीहरुले बताएका छन् ।

हत्या गरिएका सिंह न्युयोर्कमा कार्यालय रहेको शिख समूहको सल्लाहकार रहेको बताइएको छ । उक्त संस्थाले सिंहलाई न्याय दिन माग गरेको छ । सिंहलाई भारतको गृह मन्त्रालयले आतंककारी घोषित गरेको थियो ।

गत जुनमा पनि क्यानाडामा भारतीय गुप्तचर संस्था रअकै संलग्नतामा खलिस्तानसमर्थक क्यानडेली नागरिक हरदिपसिंह निज्जरको हत्या भएको समाचार सार्वजनिक भएको थियो । उक्त घटनापछि क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले पनि क्यानाडाको भूमिमा क्यानडेली नागरिकको मृत्युबारे भारतसँग खेद प्रकट गर्दै जवाफ मागेका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.