उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति
राष्ट्रपति रामचन्द्र पौडेलले इलाम र बझाङमा शनिबार हुने उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति दिनुभएको छ ।
लगानी सम्मेलन : ठुलो रोजगारी सृजना गर्ने आयोजना नै छैनन् लगानीयोग्य सूचीमा
सरकारले गर्न लागेको लगानी सम्मेलनमा प्रत्यक्ष रोजगारी बढाउने कुनै पनि आयोजना सो-केस गरिएका छैनन् ।
सेनाको घोडाले सडकमै उपद्रो मच्चाउँदा...
बेलायतको राजधानी लन्डनमा सेनाका घोडाले सडकमा आतंक मच्चाउँदा चारजना घाइते भएका छन् ।
उपनिर्वाचनको मौनअवधि सुरु, मतगणना नसकिँदासम्म प्रचार गर्न नपाइने
वैशाख १५ गते उपनिर्वाचन हुने इलाम र बझाङमा मौनअवधि सुरु भएको छ । निर्वाचन आयोगले उपनिर्वाचनको मौन अवधि सुरु भएको जनाउँदै मतगणना सम्पन्न नभएसम्मका लागि प्रचारप्रसार निषेध गरेको छ ।
महोत्तरीका आगलागी पीडित रातभर खुला आकाशमुनि
महोत्तरीको मटिहानी नगरपालिका ६-मुस्लिम टोलका आगलागी पीडित रातभर खुला आकाशमुनि बस्न बाध्य भएका छन् । बुधबार दिउँसो आगलागीका कारण घर गुमाएकाहरुले खुला आकाशमुनि रात बिताएका हुन् ।