नेपाल ‘ए’ र आयरल्यान्ड उल्भ्सबीचको टी-ट्वेन्टी सिरिज आजबाट सुरु हुँदै
नेपाल ‘ए’ र आयरल्यान्ड उल्भ्सबीचको टी-ट्वेन्टी सिरिज आजबाट सुरु हुँदैछ । कीर्तिपुर स्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा दिउँसो २ बजे खेल हुनेछ । हिजोबाट सुरु हुने तालिका भए पनि अघिल्लो दिनदेखि नै परेको पानीले मैदान भिजेका कारण खेल टस हुनुअघि नै रद्द भएको घोषणा गरेर आजदेखिको तालिका सार्वजनिक गरिएको थियो ।