'नेताहरुले आफ्नै प्रतिबद्धता बिर्सिए' (नागरिक अगुवा कृष्ण पहाडीसँगको अन्तर्वार्ता)
आज वैशाख ११ अर्थात लोकतन्त्र दिवस । जनताले जितेको दिन । तत्कालीन ७ दल र विद्रोही माओवादीको संयुक्त आह्वानमा भएको जनआन्दोलन २०६३ साल वैशाख ११ गते सफलतामा पुगेको थियो । यही सफलताले नै मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्रमा पुर्याएको हो ।
प्रधानमन्त्री दाहालसँग रुसका उद्योगी-व्यवसायीको भेट
प्रधानमन्त्री पुष्पकमल दाहालसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिजका प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा रुसी प्रतिनिधिमण्डलले प्रधानमन्त्रीसँग नेपाल–रुसबीच रहिआएको सम्बन्धका विविध पक्ष र लगानीका विषयमा छलफल गरेको थियो ।
१८ वर्षअघि आजकै दिन कसरी आएको थियो लोकतन्त्र ?
नेपालमा लोकतन्त्र स्थापना भएको आज १८ वर्ष भएको छ । तत्कालीन राजा ज्ञानेन्द्र शाहको निरंकुशताविरुद्ध सात राजनीतिक दल र सशस्त्र युद्धरत नेकपा माओवादीले संयुक्त रुपमा गरेको ०६२/६३ सालको जनआन्दोलनको बलमा लोकतन्त्र स्थापना भएको हो ।
इलाम उपनिर्वाचन : माङ्सेबुङका दुर्गम बस्तीमा पुगेनन् उम्मेदवार
इलाम क्षेत्र नम्बर २ मा निर्वाचनको मिति नजिकिँदै गए पनि पश्चिमी इलामको माङ्सेबुङका दुर्गम बस्तीमा उम्मेदवार पुगेका छैनन् ।
कतारका राजा आउँदा दिइएको बिदाको विरोध, गृहमन्त्री लामिछानेद्वारा बचाउ
कतारका राजा शेख तामिम विन हमद अल थानी नेपाल भ्रमणमा आउँदा दिइएको बिदाका बारेमा सामाजिक सञ्जालमा आलोचना भएपछि गृहमन्त्री रवि लामिछाने उक्त निर्णयको बचाउमा उत्रिनु भएको छ ।