एमडीएमएस प्रकरणमा दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष झा र खनालसहित २० जनाविरुद्ध मुद्दा दायर
नेपाल टेलिकमको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) को खरिद तथा उपकरण जडानमा अनियमितता भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।