सहकारीमा फसेको जनताको पैसा जसरी पनि फिर्ता गरिन्छ : रवि लामिछाने
उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले सहकारीमा बचत गरेको जनताको पैसा जसरी पनि फिर्ता गरिने बताउनुभएको छ ।
प्रधानमन्त्री दाहालसँग रुसका उद्योगी-व्यवसायीको भेट
प्रधानमन्त्री पुष्पकमल दाहालसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिजका प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा रुसी प्रतिनिधिमण्डलले प्रधानमन्त्रीसँग नेपाल–रुसबीच रहिआएको सम्बन्धका विविध पक्ष र लगानीका विषयमा छलफल गरेको थियो ।
१८ वर्षअघि आजकै दिन कसरी आएको थियो लोकतन्त्र ?
नेपालमा लोकतन्त्र स्थापना भएको आज १८ वर्ष भएको छ । तत्कालीन राजा ज्ञानेन्द्र शाहको निरंकुशताविरुद्ध सात राजनीतिक दल र सशस्त्र युद्धरत नेकपा माओवादीले संयुक्त रुपमा गरेको ०६२/६३ सालको जनआन्दोलनको बलमा लोकतन्त्र स्थापना भएको हो ।
इलाम उपनिर्वाचन : माङ्सेबुङका दुर्गम बस्तीमा पुगेनन् उम्मेदवार
इलाम क्षेत्र नम्बर २ मा निर्वाचनको मिति नजिकिँदै गए पनि पश्चिमी इलामको माङ्सेबुङका दुर्गम बस्तीमा उम्मेदवार पुगेका छैनन् ।
'नेताहरुले आफ्नै प्रतिबद्धता बिर्सिए' (नागरिक अगुवा कृष्ण पहाडीसँगको अन्तर्वार्ता)
आज वैशाख ११ अर्थात लोकतन्त्र दिवस । जनताले जितेको दिन । तत्कालीन ७ दल र विद्रोही माओवादीको संयुक्त आह्वानमा भएको जनआन्दोलन २०६३ साल वैशाख ११ गते सफलतामा पुगेको थियो । यही सफलताले नै मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्रमा पुर्याएको हो ।