सय रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राख्ने काम नियमित प्रक्रिया : राष्ट्र बैंक

वैशाख २४, २०८१ |कान्तिपुर टीभी संवाददाता
सय रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राख्ने काम नियमित प्रक्रिया : राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले एक सय रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राख्ने काम नियमित प्रक्रिया भएको जनाएको छ ।

नोटको आकार, चित्र र दरमा परिवर्तन गर्नु परे मन्त्रिपरिद्को अनुमति लिनुपर्ने नेपाल राष्ट्र बैंक ऐनमा उल्लेख छ । सोही अनुसार एक सय रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राख्न लागिएको राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद्ले गरेको निर्णयलाई नोट डिजाइन कमिटीले डिजाइन गरेर कार्यान्वनमा लिने राष्ट्र बैंकको तयारी छ । हालसम्म एक सय रुपैयाँको नोटमा नेपालको पुरानै नक्सा छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.