डिजेल र मट्टीतेलको मूल्य २ रुपैयाँ घट्यो, पेट्रोल र एलपी ग्यास यथावत

वैशाख १८, २०८१ |कान्तिपुर टीभी संवाददाता
डिजेल र मट्टीतेलको मूल्य २ रुपैयाँ घट्यो, पेट्रोल र एलपी ग्यास यथावत

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । आयल निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाउने निर्णय गरेको छ । 

यसैगरी, निगमले हवाई इन्धनमा भने आन्तरिकतर्फ प्रतिलिटर १ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलो लिटर ७ डलरले मूल्य बढाएको छ । पेट्रोल र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत कायम गरिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.