प्रधानमन्त्री दाहालसँग रुसका उद्योगी-व्यवसायीको भेट

वैशाख ११, २०८१ |कान्तिपुर टीभी संवाददाता
 प्रधानमन्त्री दाहालसँग रुसका उद्योगी-व्यवसायीको भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिजका प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा रुसी प्रतिनिधिमण्डलले प्रधानमन्त्रीसँग नेपाल–रुसबीच रहिआएको सम्बन्धका विविध पक्ष र लगानीका विषयमा छलफल गरेको थियो ।

प्रधानमन्त्री दाहालले विभिन्न क्षेत्रमा विदेशी लगानी नेपाल भित्र्याउने तयारीका साथ सरकारले लगानी सम्मेलन गर्न लागेको जनाउँदै रुसी उद्योगी-व्यवसायीलाई नेपालमा लगानी गर्न आग्रह गर्नुभयो ।

“व्यवसायी र विदेशी लगानीकर्तालाई केन्द्रित गरेर हामीले लगानी सम्मेलनको तयारी गरेका छौं,' प्रधानमन्त्री दाहालले भन्नुभयो, 'नेपालमा विदेशी लगानीलाई सहज बनाउन केही कानुनसमेत परिमार्जन गरेका छौं, नेपालमा लगानीका लागि इच्छुक सबैलाई सहयोग गर्ने सरकारको नीति छ ।'

नेपालको आर्थिक विकासमा रुसले निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्दै प्रधानमन्त्रीले सडक, कृषि, जलविद्युत् र सूचना प्रविधिका क्षेत्रमा लगानीका लागि नेपालमा राम्रो अवसर भएको बताउनुभयो । नयाँ परिस्थितिमा नेपाल–रुसबीचको सम्बन्ध थप मजबुत हुने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री दाहालले आपसी सहयोग र सम्बन्धलाई थप विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।

भेटमा चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिज अफ रसियन फेडेरेसनका अध्यक्ष सर्गेयी कटिरिन, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, नेपालका लागि रसियन राजदूत एलेक्सी नोभिकोभ लगायतको उपस्थिति थियो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement