कोशीमा भारतीय पक्षले बनाउन लागेको ‘पाइलट च्यानल’ मा रोक
कोशी नदीको प्राकृतिक बहावलाई पश्चिमी तटबन्धतर्फ धकेल्न भारतीय पक्षले बनाउन लागेको ‘पाइलट च्यानल’का काममा रोक लगाइएको छ।
नागरिकको स्वास्थ्यमा सरकार देखिएन गम्भीर, ६ सयभन्दा बढी स्थानीय तहमा आधारभूत अस्पताल नै छैन
२०८१ सालमा स्वास्थ्य सेवामा उल्लेखनीय सुधार देखिएन । न त स्वास्थ्य संस्थाले सेवा नै प्रभावकारी बनाउन सके । सरकारले स्वास्थ्य सेवामा केही घोषणा गरे पनि कार्यान्वयन भएनन् । नयाँ वर्ष २०८२ सुरु भएसँगै अब नागरिकलाई सहज स्वास्थ्य सेवा दिन सरकारले स्पष्ट मार्गचित्रसहित अगाडि बढ्नुपर्ने देखिन्छ । नयाँ वर्षमा नागरिकका गुनासा सम्बोधन गर्दै आधारभूतदेखि विशिष्टकृत सेवालाई तल्लो तहसम्म पुर्याउने दायित्व सरकारको काँधमा छ ।
सरकारले भनेजस्तो र शिक्षकले अडान लिएजस्तो संसद् सुरु हुनासाथ पारित होला शिक्षा विधेयक ?
विद्यालय शिक्षासम्बन्धी ऐन तत्काल जारी गर्नुपर्ने मागसहित शिक्षकहरूले काठमाडौंकेन्द्रित सडक आन्दोलन चर्काउँदै लगेपछि सरकारले विधेयक पारित गराउनकै लागि भनेर वैशाख १२ गते संसद् अधिवेशन बोलाउने निर्णय गरेको छ । अधिवेशनको सुरुमै विधेयक पारित गर्ने दाबी सरकारले गरेको छ । तर डेढ वर्षदेखि शिक्षा समितिमा छलफलमा रहेको विधेयक सरकारले भनेजस्तो र शिक्षकहरूले अडान लिएजस्तो संसद् सुरु हुनेबित्तिकै पारित हुने स्थिति होला त ?
सातवटा देशलाई सुरक्षित मुलुकको सूचीमा राख्दै आप्रवासनसम्बन्धी नियम कडा बनाउने युरोपेली संघको घोषणा
युरोपेली सङ्घ (ईयू) ले आज सातवटा देशलाई ‘सुरक्षित मुलुक’ को सूचीमा राख्दै आप्रवासनसम्बन्धी नियम कडा बनाउने घोषणा गरेको छ ।
सिरहामा यौन दुर्व्यवहारको घटनामा प्रहरीकै भूमिका शंकास्पद, पीडित महिला मृत फेला
चार महिनाअघि यौन दुर्व्यहारमा परेकी २४ वर्षीया आनन्दीदेवी सदाय मंगलबार दिउँसो आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत भेटिनुभयो । उहाँले घटना भएकै दिन प्रहरीमा जाहेरी दिनुभएको थियो । तर, दोषीलाई कारबाही गर्नुको साटो केही स्थानीय र प्रहरीले नै घटना मिलाउन प्रयास गर्दै आएको तथ्य बाहिरिएको छ ।